latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले सुरु गरेको ग्यालेक्सी फोरके टीभीको नियमित प्रशारण शुक्रबार सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारका दिन टेलिभिजनको शुभारम्भ गरे ।

करिब ७ महिना अघि टिभीको घोषणा भएको थियो । शुक्रबार आयोजित शुभारम्भ कार्यक्रममा टिभीमा प्रशारण हुने केही कार्यक्रमहरुबारे जानकारी दिइए । जसअनुसार रवीले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्नेछन् । यसअघि उनले न्यूज २४ टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका थिए । सोही नामको कार्यक्रम उनले ग्यालेक्सी टिभीमा निरन्तरता दिन खोज्दा विवाद भएका थियो । अहिले नाममा संसोधन गर्दै ‘जनतासँग’ हटाइएको छ ।

ग्यालेक्सी टिभीमा थुप्रै फ्रेन्चाइज रियालिटी शोहरु समावेश गरिएको छ । नायक राजेश हमालले ‘को बन्छ करोडपति’ कार्यक्रम चलाउनेछन् । अभिनेता दिपकराज गिरीको प्रस्तुतिमा भारतीय टेलिभिजनको फ्रेन्चाइजका रुपमा क्राइम पेट्रोल सञ्चालन हुने छ । यस्तै भारतीय टिभीकै फ्रेन्चाइज सारेगामप लिटल च्याम्प पनि प्रशारण हुने टेलिभिजनले जनाएको छ ।

यस्तै, वरिष्ठ सञ्चारकर्मी विजवय कुमारले ९ बजे नामक टकशो सञ्चालन गर्नेछन् । यस्तै रमेश प्रशाइले पनि टक शो चलाउनेछन् ।

रविले २५५ दिनपछि आफ्नै कार्यक्रममा हेर्नुहोस तलको भीडियोमा ।दुवईको जेलबाट धिरेनको रोधन भन्छन् “कतैबाट सहयोग मिलेन मर्नुकी बाँच्नु जस्तो हुन्छ दाई यहाँ”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय