latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, २५ पुस

युरोपका धेरै देशहरूमा जनवरीको तापक्रम अहिलेसम्मकै उच्च पुगेको छ । आठ देशहरूमा राष्ट्रिय रेकर्डहरू र अन्य तीन स्थानमा क्षेत्रीय रेकर्ड घटेका छन् । वारसा, पोल्याण्डमा आइतवार १८ दशमलब ९ डिग्री सेल्सियस देखियो भने स्पेनको बिलबाओमा २५दशमलब १ डिग्री सेल्सियस कायम भएको छ जुन औसतमा १० डिग्री सेल्सियसभन्दा बढी हो ।

उत्तरी अमेरिकाले थप गम्भीर आँधीबेहरीको सामना गर्ने क्रममा हल्का युरोपेली मौसम देखिएको छ । केही दिनअघि घातक हिमपातले ६० भन्दा बढीको मृत्यु भएको थियो । उत्तरी मध्यपश्चिमका केही भागहरूमा भारी हिउँ र चिसो वर्षाको पूर्वानुमान गरिएको छ भने टेक्सास, ओक्लाहोमा, अर्कान्सास र लुइसियानामा ठूलो आँधी र आँधीहुरीको सम्भावना देखाइएको छ । तर, एट्लान्टिकको युरोपेली क्षेत्रमा वर्षको सुरुमा धेरै ठाउँहरूमा मौसम न्यानो छ ।

नेदरल्यान्ड्स, लिकटेन्स्टाइन, लिथुआनिया, लाटभिया, चेक गणतन्त्र, पोल्याण्ड, डेनमार्क र बेलारुसको तापक्रमले राष्ट्रिय कीर्तिमान तोडेको छ । त्यस्तै जर्मनी, फ्रान्स र युक्रेनमा स्टेशनको रेकर्ड तोडिएको छ । केही दिनअघि, बेलायत, आयरल्याण्ड, फ्रान्स र स्पेनले सन् २०२२ लाई रेकर्डमा सबैभन्दा तातो वर्ष घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय