latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
सप्तरी, २५ पुस

जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–१ डुमरी शिवथान टोल बस्ने ३० वर्षीय मनोज साह, सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष भन्ने श्रीराम यादव र २५ वर्षीय दिपेन यादव रहेका छन् ।

उनीहरुको साथबाट साइकल १ थान, बोरिङको सकेट ३ थान, कल २ थान, तारसहितको कृषि मिटर १ थान र पानी तान्ने प्लाष्टिकको पाइप १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

पक्राउ परेका तीनै जनालाई चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता सिंहले बताए । उनीहरुले पुस २० मा राजविराज नगरपालिका–१ डुमरी शिवथान बस्ने राजकुमार साह, सोही ठाउँका रामकुमार यादव, परशुराम यादव, राजकुमार शर्मा, दुखीलाल यादव र महेशप्रसाद साहको खेतमा रहेको कृषि मिटर, बोरिङको सकेट, पाइप, कल तथा राजकुमार साहको घरबाट साइकल समेत चोरी गरेको प्रहरीको भनाई रहेको छ । पछिल्लो केही दिन यता जिल्लामा च‍ोरीका घटना बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय