latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्यज कारखाना
अर्घाखाँची, २५ पुस

अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्थाहरु अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ ।

महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिए ।

‘नेपालमा पहिलो पटक चेम्वर अफ कमर्स र उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव आयोजना गरेका छौंू मिश्रले भने ूयो मेलाबाट हामी अर्घाखाँचीलाई संसारभर चिनाउने लक्ष्य राखेका छौं ।’

मेलामा स्थानीय व्यवसायी तथा उद्यमीहरुको लागि विशेष स्टलको व्यवस्थापन गरिएको मुल आयोजक समितिका सदस्य समेत रहेका अर्घाखाँची चेम्वर अफ कमर्सका प्रवक्ता हरिप्रसाद भुसालले जानकारी दिए ।

यही माघ ११ गतेदेखी २४ गतेदेखी सदरमुकाम सन्धिखर्कमा हुने महोत्सवको तयारी शुरु भएको समेत आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय