latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
काठमाडौं, २३ पुस

एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट नेतृत्वको नयाँ सरकार गठन भएकोमा छिमेकी देश भारत सन्तुष्ट नभएकोतर्फ इंकित गर्दै टिप्पणी गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आयोजित कार्यक्रममा उनले अहिले पनि यो सरकार फेरफार गर्नुपर्छ, यसरी सरकार बनाउन कहाँ पाइन्छ भनेर सरकार ढाल्न लागिरहेको आरोप लगाए ।

उनले छिमेकीहरूबाट यस्तो क्रियाकलापको अपेक्षा नगरेको र नगर्ने पनि बताए । उनले भने, ‘हामी हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउछौं तपाईहरूले सहयोग गर्नसक्नु हुन्छ गर्नुहोस् तर आन्तरिक मामिलामा हात हाल्ने आट नगर्नुहोस् ।’

उनले नयाँ सरकार गठनपछि पत्रपत्रिका हेरिसक्नु नभएको, कुटनीतिक चलखेल बुझनसक्नुको भएको पनि बताए । यसप्रकारका गतिविधि बन्द गर्न र मित्रको हिसाबले चल्न उनले आग्रह गरे ।

छिमेकीहरूलाई यहाँ बनेको सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछौं । पारस्परिक सम्बन्ध राखेर अघि बढ्दौं । आत्तिनु पर्ने अवस्था केही पनि छैन । तर ढोकाबाट होइन पर्खालमाथिबाट पसेर हस्तक्षेप बन्द गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय