latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
खोटाङ, २२ पुस
खोटाङको रावाबेँसी गाउँपालिकामा कोरोना महामारीका कारण बन्द भएको साप्ताहिक हाटबजार सुचारु गरिएको छ । बिश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा न्यूनीकरणका क्रममा बन्द गरिएको हाटबजार शुक्रबारदेखि सुचारु गरिएको हो । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटारमा हरेक शुक्रबार लाग्ने हाट झण्डै दुई वर्षपछि सुचारु गराइएको हो ।

स्थानीय कृषि उपजको बजारीकरण गर्दै आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले २०७७ पुस १० गतेदेखि हरम्टारमा हाट बजार सुरु गरेको थियो । तर कोरोना महामारी फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्देशन अनुसार करिब तीन महिनापछि नै हाट बजार बन्द गरिएको थियो ।

२०७९ पुस ८ गते जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, घरेलु तथा साना उद्योग महासंघ, नागरिक समाज, अगुवा कृषक लगायतको समन्वय बैठकको निर्णय अनुसार हाटबजार सुचारु गरिएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । हाटबजारमा विशेषगरी सागसव्जी, फलफुल, दाल, अन्न, पशुपन्छी, कपडा लगायतका थोकवस्तु किनबेच सुरु भएको छ । बन्द हाटबजार सुचारु हुँदा कृषि उपजले बजार पाउनेमा स्थानीय कृषक उत्साहित भएका छन् । हाट बजार विशेषगरी लेकमा उत्पादन हुने र बेँसीमा उत्पादन हुने कृषि उपजको विनिमयको माध्यम बनेको छ ।

छ वडा रहेको गाउँपालिका लिची, केरा, तरकारी, धान, दलहन, सागसव्जी उत्पादनका लागि चर्चित छ । पालिकामा प्रशस्त मात्रामा उत्पादन हुने तिनै कृषि उपजको बजार व्यवस्थापनका लागि गाउँपालिका आफैले हाटबजार सुरु गरेको थियो । कृषि उपज बिक्रीबाट किसानले आफ्नै गाउँमा आयआर्जन गर्न सक्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

हाट बन्द भएपछि सो स्थानमा कोरोना संक्रमित राख्नका लागि क्वारेन्टाइन बनाइएको थियो । क्वारेन्टाइनलाई हाटबजारको टहराका रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । किसानलाई लक्षित गर्दैै हरम्टारमा चिस्यान केन्द्र पनि निर्माणाधिन अवस्थामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय