latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कपिलवस्तु, १७ असोज-प्रहरी दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ अर्घाखाँची चोकमा मास्क वितरण गरिएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सार्वजनिक बसमा यात्रा गर्ने तथा पैदल यात्रुलाई मास्क वितरण गरिएको थियो ।

आइतबार १० बजेदेखि सञ्चालन गरेको कार्यक्रममा ३ सय यात्रुलाई मास्क वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

दसैँको चहलपहलसँगै यात्रुहरूले मास्कबिना यात्रा गरेको हुँदा कोरोना सङ्क्रमण निरुत्साहित गर्नका लागि मास्क वितरण गरिएको बताइएको छ । सर्वसाधारणलाई जनचेतना सम्बन्धी पम्पलेटसमेत वितरण गरिएको थियो । ६६औँ प्रहरी दिवसको अवसरमा जिल्लामा प्रहरीले कोभिड नियन्त्रण र सचेतनाका कार्यक्रम गरी मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय