सप्तरी २२ पुस । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् ।

बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय