latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

धनुषामा यस्तो माग राख्दै भैंसीहरुले गरे जुलुस, घाँटीमा छन् यस्ता प्लेकार्ड
प्रकाशित मिति: आइतबार, आश्विन १७, २०७८ समय: १६:३८:२७

धनुषाका आइतवार अनौठो जुलुस निस्केको छ । स्थानिय बासीन्दा घर घरवाट भैसी लिएर जुलुसमा निस्केका छन् । भैंसीको घाँटीमा प्लेकार्ड झुण्ड्याइएको छ । जसमा कर्मचारी र मेयर भनेर उल्लेख गरिएको छ । धनुषाको सबैला नगरपालिकामा सूचना माग गर्दै स्थानियले आइतवार यस्तो जुलुस निकालेका हुन् ।
सडकमा भैंसीको लस्कर निस्केपछि स्थानिय पनि छक्क परेका हेरेका थिए । स्थानिय तहमा हुने काम आर्थिक वर्षको बजेट र योजनाको बारेमा जानकारी माग गर्दा नदिएपछि आइतवार भैँसी जुलुस निकालिएको छ । संयुक्त संघर्ष समितिका पदाधिकारीले नगरप्रमुख विजयशंकर साहसँगै कर्मचारीलाई भैँसीको संज्ञा दिँदै जुलुस निकालेका हुन् ।

पालिकाले सूचना दिन आलटाल गरेको भन्दै उनीहरू रिले अनशनमा छन् । त्यसकै समर्थनमा १४औँ दिनमा भैँसी जुलुस निकालिएको समितिका संयोजक सुरेश यादवले बताए । यही असोज ४ गतेदेखि नगरपालिकाको कार्यालयअगाडि समितिका पदाधिकारीहरू रिले अनशन बसिरहेका छन् । समितिले गएको जेठ २३ गते हुलाकमार्फत पालिकासँग विभिन्न सूचना माग गरेको थियो । त्यसअघि पनि लिखित र मौखिक रूपमा सूचना माग गर्दा नदिइएको समितिका महासचिव मेथल साहको भनाइ छ ।

समितिले हुलाकमार्फत दर्ता गराएको निवेदनमा चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, क्वारेन्टिन सञ्चालन र रोकथामको लागि खर्च भएको सम्पूर्ण आयव्ययको सूचना माग गरिएको छ

 

काठमाडौं । नेकपा एमालेले एउटा कार्यकारी पदमा दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुबै व्यवस्था कायमगरिने भएको छ । तर कार्यकालको बीचमा ७० वर्ष पूरा भए पनि पूरा कार्यकाल काम गर्न पाउने गरी विधानको व्यख्या गरिएको छ ।ललितपुरको गोदाबरीमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा प्रतिनिधिहरुले दुई पटक मात्र उम्मेदवार हुन पाउने र ७० वर्ष उमेर हद दुईमध्ये एउटा मात्र व्यवस्था गर्नुपर्ने आवाज उठेको थियो ।

उक्त आवाजको जवाफ दिने क्रममा उपमहासचिव एवं विधान मस्यौदा समितिका संयोजक विष्णु पौडेलले दुबै व्यवस्था कायम रहने बताए । एउटा कार्यकारी पदमा दुई पटक उम्मेदवार हुनसक्ने व्यवस्थालाई स्थपित गरेर जानुपर्ने उनले बताए ।

७० वर्ष उमेर हद कायम राख्दै भन्दै पौडेलले भने भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभरि जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था गर्नुपर्छ ।’

पौडेलले हाँस्दै उक्त कुरा सुनाएपछि हलमा हाँसो चलेको थियो । पौडेलले भने, ‘कमरेडहरुले बुझ्नुभयो होला । पौडेलको आशय र ब्याख्या उमेरले ७० बर्ष पुगेका अध्यक्ष केपी शर्मा ओलीका लागि यस्तो नियम हो भन्ने कुरा सबैले बुझे ।’

एमाले अध्यक्ष ओली अहिले ७० वर्षमा छन् र आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् । एमालेको महाधिवेशन आगामी मंसिरमा गर्ने र फेरि अध्यक्ष बन्ने ओलीको दाउ छ । एमालेको विधानमा गरिएको ७० वर्ष उमेर हदको नयाँ परिभाषाले अब ओलीले मात्र अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न पाउनेछन् ।

यसअघि एमालेको सातौं महाधिवेशनमा उमेर हदबारे बहस शुुरु भएको थियो । आठौंमा अधिकतम उमेर हद तोक्ने सहमति जुटेको थियो । तर सहाना प्रधानका लागि मात्र लागू हुने देखिएपछि अन्तिम समयमा फिर्ता लिइएको थियो ।

त्यसपछि एमालेले नवौं महाधिवेशनबाट भने ७० वर्ष उमेर हद तोक्यो । सोही प्रावधानअनुसार भरतमोहन अधिकारी र सिद्धिलाल सिंहले सक्रिय राजनीतिबाट बिदा लिएका थिए । २०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाउँदा ७० वर्षे उमेर हद हटाइएको थियो

यसैगरी २३ फागुन २०७७ को सर्वोच्चको फैसलापछि पुनस्र्थापित एमालेले फेरि ७० वर्षे उमेर हद ब्युँताइएको छ । ७० वर्ष मात्र भन्दा फेरि अध्यक्ष हुन लागेका ओलीमाथि प्रश्न उठ्ने भएकाले उनलाई अनुकूल हुनेगरी विधानमै परिभाषा गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय