latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

सुर्खेत, २१ पुस । नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा संस्थापन र संस्थापन इतर पक्षको पार्षदको विषयलाई लिएर विवाद गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुस्थित होटेलमा बिहीबार आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबीच लफडा भएको हो । संस्थापन इत्तर पक्षधरका पार्षदहरू धेरै भएको र संस्थापन पक्षधर पार्षदहरूको नाम काटिएको भन्दै संस्थापन पक्षधरले विरोध गरेका हुन् ।

अधिवेशनमा सहभागी एक व्यक्तिले दुई पक्षधरबीच माईक खोसाखोसको स्थिति सृजना भएको बताए । उनले भने, ‘हुम्लाका एक प्रतिनिधिले माइकनै चुडाई दिएका छन् ।’

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा‍. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानीलगायतको सहभागीता छ । उनीहरूको अगाडि दुई पक्षबीच धकेला धकेल भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय