latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं, २१ पुस । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा १३ पैसाले ओरालो लागेको छ । यसको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा तोकिएको छ । बुधबार यसको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।

युरोपियन युरोमा ६४ पैसाले वृद्धि भएको छ । युरोपियन युरो एकको खरिद १४० रुपैयाँ २७ पैसा र बिक्रीमा १४० रुपैयाँ ९० पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसामा भएको थियो ।

अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २४ पैसामा कारोबार भैरहेको छ । बुधबारको तुलनामा बिहीबार अष्ट्रेलियन डलरमा १ रुपैयाँ ९४ पैसाले उकालो लागेको हो ।

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३२ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ ४ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४० पैसा र बिक्रीमा १० रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९१ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५२ रुपैयाँ २० पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय