latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

तेहरान, २१ पुस
कजाकिस्तानमा अन्तर्राष्ट्रिय प्रतियोगितामा हिजाबबिना सहभागी भएकी इरानकी चेस खेलाडी मंगलबार स्पेन पुगेकी छिन् । स्वदेश नफर्किन धम्की आएपछि उनी स्पेन पुगको उनी निकट स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सन् १९७७ मा जन्मिएकी सारा खादेम गत साता अलमेटीमा एफडीई वल्र्ड रेपिड एन्ड ब्लिज चेस च्याम्पियनसिपमा हिजाब बिना सहभागी भएकी थिइन् । प्रतियोगितापछि खामलाई स्वदेश विभिन्न फोनकलमार्फत नफर्किन चेतावनी दिइएको ती सञ्चार माध्यमहरुले जनाएका छन् । ‘आफ्नो समस्या समाधान गर्ने ’ प्रतिज्ञासहित उनी स्वदेश फर्किनुपर्ने अन्यले जनाएका छन् ।

सोही विषयलाई लिएर इरानमा उनका अभिभावक र आफन्तले पनि धम्की पाएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

हिजाब नलगाएको आरोपमा सेप्टेम्बरको दोसो साता नैतिक प्रहरीको नियन्त्रणमा रहेकी एक युवतीको हिरासतमै मृत्युपछि इरानमा अभूतपूर्व ढंगले सरकारविरोधी प्रदर्शन चलिरहेको छ । प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको हजारौँ पक्राउ परेका अधिकारवादी समूहहरूले जनाएका छन् ।

प्रदर्शनप्रति विभिन्न कलाकारदेखि अभिनेतालगायतले एक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय