latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

एजेन्सी
नयाँ दिल्ली, २० पुस

नोभेम्बरमा एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई मदिराले मातेका एक व्यक्तिले पिसाब गरिदिएका र कुनै कारवाहीमा नपरी उम्किएका थिए । घटनाको केही हप्ता पछि एयर इन्डियाले ती अटेरी व्यक्तिलाई नो–फ्लाई सूचीमा राख्न सिफारिस गरेको छ ।

नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामक महानिर्देशनालयले भनेको छ ।
नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको उडानको बिजनेश क्लासमा ७० वर्षकी एक सह–यात्रीलाई मातेको यात्रुले कथित रूपमा जिपि खोलेर पिसाब फेरिदिएका थिए ।

लन्चपछि पछि बत्ती मधुरो भएकोले के भइरहेको थियो भनेर थोरैले बुझेका थिए । पिसाब गरिसकेपछि अर्को यात्रुले उसलाई छोड्न नभनेसम्म ती व्यक्ति त्यहाँबाट नसरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

महिलाले चालक दलसँग गुनासो गरेकी थिइन् । उनको लुगा, जुत्ता र झोला पिसाबले भिजेको बताइन् । चालक दलले कथित रूपमा उनलाई लुगा र चप्पल दिए र उनको सिटमा फर्किन भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय