latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
दुबई, १९ पुस

धनी खाडीका प्रमुख शहरहरूबीच प्रतिस्पर्धा बढ्दै गएपछि पर्यटकहरूलाई लोभ्याउन दुबईले मदिरा बिक्रीमा ३० प्रतिशत कर घटाएको छ ।
वितरकहरूद्वारा घोषणा गरिएको तर अधिकारीहरूले पुष्टि नगरेको कटौती विश्वको सबैभन्दा उच्च मूल्यहरू घटाउन तय गरिएको गरिएको देखिन्छ, जहाँ बियरको प्रति पिन्ट १५ डलरभन्दा बढी लाग्छ ।

वितरकहरु एमएमआई एन्ड अफ्रिका एन्ड इन्स्टर्नकाअनुसार २१ वर्षभन्दा माथिका गैर–मुस्लिमहरूलाई उपलब्ध व्यक्तिगत मदिरा इजाजतपत्र अब निःशुल्क हुनेछ । ‘तपाईंलाई मनपर्ने पेयहरू किन्न सजिलो र सस्तो भयो’, एमएमआईले एक फेसबुक पोस्टमा कटौती विवरणमा भनेको छ । यसबारेमा दुबईका अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आइनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुबई युनाइटेड अरब इमिरेट्सको आर्थिक, व्यापार र पर्यटन केन्द्र हो । यो प्रमुख तेल निर्यातक मुस्लिम देश हो जसले बिस्तारै मदिरामा लाग्दै आएका बाधाहरू खुकुलो पारेको छ ।

छिमेकी साउदी अरेबियाको विपरीत धेरै जसो युएईले रेस्टुरेन्ट, बार र तोकिएका पसलहरू सहित इजाजतपत्र प्राप्त स्थानहरूमा मदिररा बेचेको छ । यद्यपि यसलाई सार्वजनिक रूपमा उपभोग गर्न सकिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय