
नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटेको छ । प्राधिकरणले देशभरको तार काटेको हो । बढेको पोलभाडा तिर्न नमान्ने कम्पनीको इन्टरनेटको तार काटिएको प्राधिकरणले जनाएको छ ।पछिल्लो समय प्राधिकरण र इन्टरनेट सेवाप्रदायक कम्पनीबीच विवाद भइरहेको छ । प्राधिकरणले अव्यवस्थित तार व्यवस्थित बनाउने भन्दै पोल भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणले एकलौटी रुपमा बढाएको पोलभाडा नतिर्ने भन्दै इन्टरनेट कम्पनीहरुले अडान लिइरहेका छन् ।