latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

काठमाडौं, १९ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् ।

सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका थिए ।

उक्त निर्वाचनमा १३ प्रत्यक्ष र ७ समानुपातिकबाट गरी २० सिट जितेर संसदको चौथो शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

सो पार्टीका सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीसहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय