latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

खड्क सुनार/न्युज कारखाना
मुगु, १८ पुस

सिंगो विद्यालयका सबै विद्यार्थी एउटै कक्षामा बसेर पढ्छन् भन्दा अचम्म लाग्न सक्छ । सुन्दा अचम्म लागे पनि मुगुको एउटा विद्यालयमा वर्षौदेखि यसरी नै कक्षा सञ्चालन भइरहेको छ ।

यहाँको सोरु गाउँपालिकास्थित मालिका आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थी एउटै कक्षामा बसेर अध्ययन गरिरहेको देख्न सकिन्छ । विद्यालयमा भौतिक संरचना अभाव हुँदा यसरी विद्यार्थीहरू एउटा कक्षा पाँचतिर फर्केर पठनपाठन गर्न बाध्य भएका हुन् ।

सोरु गाउँपालिका–१ जवलधारामा रहेको मालिका आधारभूत विद्यालयको जिर्ण हविगत बारे सबै तहका सरकार जानकार छन् । अझ स्थानी सरकारसमक्ष त कयौं पटक यसबारे लिखित मौखिक जानकारी गराइसकेको विद्यालय प्रशासनको भनाइ छ । तर, स्थानीय सरकारलगायत अन्य निकायले ध्यान नदिएको विद्यालयको आरोप छ । यस विद्यालयमा विशेषगरी दलित समुदायका विद्यार्थी धेरै छन् । विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कोठामा छात्रछात्रा राख्नुपरेको प्रधानाध्यापक मेजबहादुर बुमीले बताए ।

धेरै विद्यार्थी एकै ठाउँमा बसेर पढ्दा केही नबुझ्ने कक्षा ४ मा अध्ययनरत ककेश नेपालीले बताए । उनी भन्छन्, ‘साथीहरू धेरै हुन्छन् । पढाइमा ध्यानै जाँदैन् । परीक्षामा त जे आयो त्यही लेखेर फर्कने गरेको छुँ,’ उनले भने ।

कक्षाकोठा मात्रै होइन यहाँ खेल मैदान र खेल सामग्री केही नभएको अर्का विद्यार्थी रेस्मा शाहीले बताइन् । गाउँपालिकाको न्युन स्रोतले शिक्षा शाखाले पनि दरबन्दी सिर्जना गर्न नसक्ने अवस्था रहेको र राष्ट्रपति शैक्षिक सुधार आयोजनाबाट विद्यालयमा दुई कोठे भवन निर्माण भइरहेको छ । यसपछि भने संरचना अभावको समस्या समाधान हुने सोरु गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक सहायक निर्मल देवकोटाको भनाइ छ ।

विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कक्षाकोठामा अन्य कक्षाका विद्यार्थीलाई सँगै राखेर पठनपाठन गराउन समस्या भएको प्रअको भनाइ छ । उनका अनुसार विद्यार्थीको समूह बनाएर पठनपाठन गर्न सकिएको छैन भने बहुकक्षा सञ्चालन गर्दा विद्यार्थी थेग्न सकिदैन । यस विद्यालयमा एक सय ५० भन्दा बढी बालबालिका अध्यनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय