काठमाडौं। मााओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार आएको उनको निजी सचिवालयले जनाएको छ।

पुनको शरीररमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै सचिवालयले जानकारी दिएको छ ।
सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १ दशमलव ५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रूपमा बढेर ३४ पुगेपछि चिकित्सकहरूले बैंकक रेफर गरेका थिए।

तर, अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनले जानकारी दिएका छन् । पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन्। उक्त औषधिले राम्रो काम गर्न थालेको छ।

‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ । तर, बान्ता भने रोकिएको छैन ।’

खाना खान अरुची हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ । जण्डिसको मात्रा अत्याधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुुमेरु अस्पताल लगिएको थियो ।

तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो । चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो । पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय