latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
पोखरा, १८ पुस

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । घर जल्दा पूर्व वडाध्यक्षको मृत्यु भएको छ । मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर उनको मृत्यु भएको बताइएको छ । तर, आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनुमा रहस्यमय हुन सक्ने आशंका गरिएको छ । गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो ।

आगलागीमा नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ । घरमा रहेका अन्नपातदेखि सबैकुरा जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बताए । आगलागीको कारण भने अझै खुलेको छैन ।

आगो करिव ११ बजे स्थानीय भेला भएर निभाएका हुन् । क्षतिको विवरण आएको छैन । मृतक गुरुङ २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय