latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

दिलमाया शाही/ न्युज कारखाना

जुम्ला, १७ पुस

पछिल्लाे समय जुम्लामा लागुऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । लागुऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आए पनि यसको प्रयोग र कारोवारमा कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेको जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । ‘प्रहरीले विद्यालय र एसईईलाई लक्षित गरी जुम्लामा खोलिएका ट्युसन सेन्टरमा समेत लागुऔषधसम्बन्धी सचेतनाका कार्यक्रम गर्दै आएको छ,’ उनले भने, ‘प्रहरीको एकल प्रयासले मात्रै आगुऔषध रोक्न सकिँदैन । यसमा स्थानीय सरकार र यहा राजनीतिक दलहरू पनि लाग्नुपर्ने जरुरी छ ।’

डिएसपी चन्दले सिजा गाउँपालिकाका जनप्रतिनीधि र विद्यालयका प्रधानाध्यापकबीच लागुऔषध निर्मूल पार्न अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनका अनुसार परिवार तथा अभिभावको हेलचेक्य्राई र निगरानी अभावमा किशोरावस्थाका पुस्ता लागुऔषधको कुलतमा फस्दै जान थालेका हुन्र । जुम्ला प्रहरीका अनुसार लागूऔषधको कुलतमा फसेकाहरुको उम्मेर १८ वर्षदेखि ४० वर्षसम्मका बढी छन् ।

जुम्लामा आर्थिक वर्ष २०७७-७८ मा ब्राउनसुगर र चरेस गरी पाँचवटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७८-७९मा ब्राउनसुगर र चरेस गरी सातवटा मुद्दा दर्ता भएका छन्। चालू आवमा ब्राउन सुगर र चरेसका चारवटा मुद्दा दर्ता भएका छन् । जुम्ला प्रहरीको त्रिवर्षीय तथ्यांक हेर्दा १८ देखि ४० वर्ष उम्मेरका ४४ जना पक्राउ परेका छन् । १८ वर्षभन्दा मुनिका तीनजना छन्। ४० देखि ६० वर्षका २ जना छन् ।

प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेको जुम्लाका प्रमुख जिल्ल अधिकारी मुकेशकुमार केशरीले बताए । उनले भने, ‘जुम्ला लागुऔषधको हब बन्दै छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू लागुऔषधको कुलतमा फसेको पाइन्छ ।’

सिजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले ब्राउनसुगर जस्ता लागुऔाषधको विषयमा पालिकाले पनि सचेतनाका कार्यक्रम गर्ने बताए । उनले लागुओषध कारोबारीहरूको सञ्जाल तोड्न प्रहरीसँग सहकार्य गर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय