latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

खोटाङ, १६ पुस

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा साँढे एक वर्षभित्र विद्युतीकरणको काम सक्नेगरी डिटेल सर्भे सुरु गरिएको छ । ७ वडा रहेको गाउँपालिकाका सबै उपभोक्ताको घरमा विद्युत विस्तार गर्ने योजना सहित शनिबारदेखि ठेकेदार कम्पनी सिग्माकोनले डिटेल सर्भे सुरु गरेको हो ।

ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेल, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा ठेकेदार कम्पनीका दुई/दुई जना प्राविधिकको टोलीले सर्भे सुरु गरेको गाउँपालिकाका प्रवक्ता टेकेन्द्र राजभण्डारीले बताए ।

ऐसेलुखर्कका ७ वडामध्ये ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, राखाबांदेल र बाकाचोललाई हालसम्म विद्युतले छोएको छैन । हालसम्म गाउँपालिका–७ माक्पा, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे र ऐसेलुखर्कबजारमा मात्र आंशिक विद्युत विस्तार भएको छ ।

बाँकी वडा र उपभोक्ताको घरमा विद्युत विस्तारका लागि शुक्रबार गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय, प्राधिकरणको दिक्तेल वितरण केन्द्रका प्रमुख तथा प्रतिनिधिबिचको बैठकले साँढे एक वर्षभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका वडामध्ये माक्पामा मात्र अधिकांश उपभोक्ताको घरमा विद्युत विस्तार भएको प्रवक्ता राजभण्डारीले बताए । प्राविधिक टोलीले ट्रान्समिसनलाईनको रुट निश्चित गर्दै पोल राख्ने स्थान, लाग्ने तार, लाभान्वित हुने उपभोक्ता लगायतको बारेमा डिटेल सर्भे गर्नेछन् ।

पाँच वर्षभित्र सबै ठाउँमा विद्युत विस्तार गरिसक्ने नेपाल सरकारको योजना अनुसार हाल जिल्लाभर नै डिटेल सर्भेको काम सुरु गरिएको हो । ठेकेदार कम्पनीले १८ महिनाभित्र डिटेल सर्भे एवं विद्युतीकरणको काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको छ ।

केपिलासगढी गाउँपालिकामा डिटेल सर्भेको काम सम्पन्न भइसकेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताए । विद्युतीकरणको सन्दर्भमा शनिबार हलेसी तुवाचुङ नगरपालिकामा छलफल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय