latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना

धनगढी, १६ पुस

कैलालीको गौरीगंगामा बिहान १०:२० बजे भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा ७३ वर्षीय कर्मा प्याकुरेल रहेकी छन् । उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

घाइते मध्ये पदमा अस्पताल अत्तरियामा उपचाररत २५ वर्षीय गजेन्द्र प्याकुरेलको कम्मर र मुखमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हाइस दुर्घटना हुँदा कैलालीको भजनी नगरपालिका–२ का ३४ वर्षीय मोहन डगौरा, उनकी श्रीमती ३३ वर्षीया जानकी डगौरा, मोहन डगौरा र जानकी डगौराको छोरा ६/७ वर्षीय समेत घाइते छन् ।

त्यस्तै टिकापुर नगरपालिका–१ का ४० वर्षीया कृष्णी चौधरी, सोही स्थानकी २० वर्षीया पुजा चौधरी, जानकी गाउँपालिका–६ की ३५ वर्षीया अन्जली चौधरी, टिकापुर नगरपालिका–१ की कृष्णी चौधरीको छोरा प्रिन्स चौधरी, बर्दिया गोरुवा–५ का ४४ वर्षीय रामबहादुर खडायतको कम्मर र मुखमा चोट लागेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा बर्दिया घर बताउने ४० वर्षीय प्रकाश खडायत, बर्दियाकै ४६ वर्षीय लालबहादुर गाहामगर, बर्दियाकी ४२ वर्षीया मनुकुमारी चौलागाई रहेका छन् ।

त्यस्तै जानकी गाउँपालिका–४ का ५६ वर्षीय मन्तराम कठरिया, कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २९ वर्षीय मुकेश राना, भीमदत्त नगरपालिका–३ का ३१ वर्षीय रुद्र गुरुङ, जानकी गाउँपालिका–४ की ३२ वर्षीया अञ्जली रावत, ३७ वर्षीय रामबिलास रावतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय