latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

मुम्बई, १५ पुस । सन् २०२२ को अन्त्य रोहित सेठ्ठीको फिल्म ‘सर्कस’बाट भयो । यो फिल्म बक्सअफिसमा फ्लप नै भयो । नयाँ वर्ष २०२३ को पहिलो महिना जनवरीको अन्त्य अर्थात जनवरी २५ मा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज हुँदैछ । चार वर्षपछि दर्शकमाझ कमव्याक गर्न लागेका शाहरुखका लागि यो फिल्म विशेष छ ।

दीपिका पादुकोण र जोन अब्राहमको समेत अभिनय रहेको यो फिल्मको गीत रिलिज हुनासाथ विवादमा तानिएको छ । जसको चर्चा अहिले पनि बलिउडमा छ । तर, विवादका बाबजुद पनि यो फिल्म प्रति दर्शकको क्रेज घटेको छैन । यो फिल्मको भारत बाहिर बुकिङ आक्रामक छ ।

जर्मनीमा फिल्मको बुकिङ २८ डिसेम्बरबाट सुरु भएको थिया । एक महिना अघिबाट नै बुकिङ खुलेपछि केही समयमा नै सबै टिकट बिकिसकेको छ । ‘पठान’को टिकट आक्रामक रुपमा बुकिङ भएपछि यो प्रतिक्षित फिल्म हो भन्ने प्रमाणित भएको छ ।

जर्मनीको बर्लिन, एसेन, डेमटोर, हार्बर्ग, हनोवर, म्युनिख र अफेनबैकमा भएका थिएटरमा जनवरी २५ का लागि ‘पठान’को शो करिब करिब भरिएको छ ।

भारतमा जनवरीको पहिलो साताबाट बुकिङ खुल्दैछ । सिद्धार्थ आनन्दको फिल्ममा भीएफएक्स र एक्सनको जबरदस्त संयोजन छ । फिल्म हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय