latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ, १५ पुस

लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् ।

लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग१ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए । सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो । उनका अनुसार खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय