latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
खोटाङ, १५ पुस
खोटाङको खोटेहाङ गाउँपालिकाका दलित समुदायले अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग गरेका छन् ।

ईलाका प्रशासन कार्यालय खोटाङबजारमा माग–पत्र बुझाउँदै अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र राष्ट्रिय दलित आयोगको सूचीमा रहेको थरका आधारमा नागरिकता र अन्य पञ्जिकरणका कागजात सच्याएर प्रतिलिपि जारी गर्ने व्यवस्था कार्यान्वयनको माग गरेका हुन् ।

गाउँपालिकाका दलित समुदायका अगुवा साने बिश्वकर्मा (एसबि), युवराज कालीकोटे, मनोजकुमार परियार, सुरेश बिश्वकर्मा, रञ्जु परियार र कुमार बिश्वकर्माको टोलीले दलितको थर परिवर्तन गर्ने सम्वन्धमा गृह–मन्त्रालयबाट विभिन्न समयमा जारी गरिएका निर्णय र परिपत्रलाई सकरात्मक ढंगबाट कार्यान्वयन गर्न निवेदन गरेका हुन् । दलित समुदायको थर परिवर्तन गर्ने सम्वन्धमा गृह–मन्त्रालयले २०७९ पुस ३ गते सबै स्थानीय पञ्जिकाधिकारीलाई पत्राचार गरेको थियो ।

गृह–मन्त्रालयले १६ वर्षमुनिका बालबालिकाको दलित जातीय थर प्रयोग गरी जन्मदर्ता भएकोमा सो परिवर्तन गरीदिन सुचक बस्नयोग्य सम्वन्धित व्यक्तिबाट निवेदन प्राप्त भएमा राष्ट्रिय दलित आयोगद्धारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्वन्धित दलित जातीभित्रको थरहरुमध्येबाट निवेदकले चाहेको थर राखी जन्मदर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने, वालबालिकाको थर परिवर्तनका साथै निजको बुवा, आमा वा सूचकको थर परिवर्तन गरिदिन निवेदन प्राप्त भएमा बुवा, आमा वा सूचकको नागरिकता प्रमाण–पत्रमा थर संशोधन भएको प्रमाण राखेर मात्रै थर परिवर्तन गरिदिने र १६ वर्षभन्दा माथिका व्यक्तिको घटना दर्ता प्रमाण–पत्रमा थर परिवर्तन गरिदिन आधिकारिक व्यक्तिबाट निवेदन प्राप्त भएमा नागरिकता प्रमाण–पत्र संशोधन भएको थर अनुसार थर परिवर्तन गरी प्रतिलिजि जारी गर्नका लागि पत्राचार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय