latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, १५ पुस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

१५ पुस २०७९ बाट विदेशबाट नेपालीले एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने सरकारको निर्णय कार्यान्वयन हुन लागेको थियो । तर, यस निर्णयको सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

विदेशबाट फर्किंदा एक थानभन्दा बढी मोबाइल ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आहात र केही व्यापारी घरानालाई फाइदा दिएको भन्दै सरकारको चर्काे आलोचना भइरहेको थियो ।

तर, शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनसँगै तत्काललाई सो निर्णय कार्यान्वयन नहुने भएको छ ।

१५ पुस शुक्रबारबाट सरकारले एक थानभन्दा बढी मोबाइल ल्याए १८ प्रतिशत कर लिने गरी कडाइ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय