latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं

बाङ्ग्लादेशको राजधानी ढाकानजिक एउटा खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जना मारिएका छन्।

थुप्रै कामदारहरू हराइरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अग्निनियन्त्रक एक अधिकारीले बीबीसीलाई बताए।

विवरणहरूमा जनाइएअनुसार मानिसहरू भवनभित्रै रहेका बेला स्थानीय समयअनुसार बिहीवार राति आगलागी शुरू भएको थियो।

आगलागीको कारणबारे अहिलेसम्म स्पष्ट भएको छैन।

विज्ञापन

आगो नियन्त्रणमा लिन दर्जनौँ अग्निनियन्त्रक एकाइले रातभरि प्रयास गरेका थिए।

छ तले भवनमा आगलागी शुरू भएपछि ज्यान जोगाउन हाम फाल्दा कैयौँ कामदार घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

हराइरहेका कामदारका चिन्तित सयौँ आफन्त कारखाना परिसरबाहिर जम्मा भएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय