latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

हेमन्त केसी/न्युज कारखाना
सुर्खेत, १३ पुस

भेरी नगरपालिका-३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा पठनपाठन बन्दा गरेर महोत्सव लगाएको छ । जाजरकोट उद्योग वाणिज्य संघले सोमबारदेखि १७ पुससम्म मेला आयोजना गरेको हो ।

तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरका ०३५ सालदेखि आयोजना गरिने उत्सव केही वर्षयता महोत्सवका रूपमा परिणत हुँदै आएको छ । विद्यालय हाताभित्र शैक्षिकबाहेक अन्य कुनै पनि प्रकारका सार्वजनिक गतिविधि गर्न नपाइने भए पनि यस विपरित पढाइ रोकेर मेला आयोजना गरिएको छ ।

विद्यालयमा बर्सेनी यसरी नै मेला आयोजना हुने गरेको छ । आफ्नो कार्यक्षेत्रभित्र आयोजना हुने यस प्रकारका मेला–महोत्सव गर्नसम्बन्धित स्थानीय सरकारबाट लिखित अनुमति लिनुपर्ने व्यवस्था छ । तर, यहाँ त विद्यालयलाई नै नसोधेर कार्यक्रम भइरहेको पाइएको छ ।

‘कृषि, पर्यटन, कला, वातावरण तथा औद्योगिक व्यापार मेला–०७९’ नाम दिइएको यो महोत्सव आयोजना गर्न भेरी नगरपालिकाले अनुमति नदिएको नगर कार्यपालिकाका शाखा अधिकृत दलबहादुर घर्तीले बताए । विद्यालयमा यसरी महोत्सव लगाउन नदिने भनेर नगरपालिकाले एक वर्षअघि नै निर्णय गरेको दाबी गर्दै अधिकृत घर्तीले अनुमतिबिना कार्यक्रम हुन लागेको बताए ।

विद्यालयले अघिपछि हुने पर्व बिदा कटाएर पठनपाठनको क्षतिपूर्ति गर्ने प्रबन्ध मिलाएको बताउँदै प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए । तर मेला, महोत्सवका विषयमा आफ्नो गम्भीर असहमति रहेको बताए । महोत्सवका बेला हुने कुनै पनि भौतिक क्षति आयोजकले व्यहोर्ने भनेर विद्यालयसँग ६ बुँदे सहमति भएको विद्यालय प्रशासनले जनाएको छ ।

आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीले सदरमुकाम क्षेत्रमा मेला–महोत्सव गर्नका लागि ठाउँ नै नभएकाले विद्यालयमा आयोजना गर्नु आफूहरूको बाध्यता भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय