latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
सिउल, १२ पुस

भ्रष्टाचार आरोपमा १७ वर्षको जेल सामन गर्दै आएका दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ–बाकले मंगलबार राष्ट्रपतिबाट माफी पाएका छन् । राष्ट्रपति युन सुक–योलसँगको मन्त्रिपरिषद् बैठकपछि न्यायमन्त्री हान डोङ–हुनले भने, ‘मिलाप, सहिष्णुता र विचारका माध्यमबाट व्यापक राष्ट्रिय एकताको दृष्टिकोणबाट विशेष माफी प्राप्त गर्ने १,३०० भन्दा बढी व्यक्तिहरूको सूचीमा ली पनि छन् ।’

८१ वर्षीय ली आफ्नो उमेर र बिग्रँदै गएको स्वास्थ्यका कारण जुनमा जेलबाट अस्थायी रुपमा रिहा भएका थिए । घुसखोरी र हिनामिनाको आरोपमा उनलाई १७ वर्ष जेल सजाय तोकिएको थियो ।

हुन्डाईका पूर्व सीईओबाट अध्यक्ष बनेका उनलाई सन् २०१८ मा १६ वटा आपराधिक आरोप लगाइएको थियो र २०२० मा सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय