latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एजेन्सी । चर्चित कन्नड अभिनेत्री सौजन्या शनिवार मृ त फेला परिन् । उनको कोठावाट ४ पेज लामो नोट पनि फेला परेको छ । अभिनेत्रीका बुवाले दिएको नयाँ बयानले घटनामा नयाँ मोड आएको छ । अभिनेत्रीका बुबाले उनका साथी अभिनेता विवेक र सहायक महेश विरुद्ध उजुरी दिएका छन्। कन्नड र तेलुगु साना पर्दाका अभिनेता विवेक र महेशसंग प्रहरीले सोधपुछ शुरू गरीएको छ। प्राप्त जानकारी के अनुसार, सौजन्याका पिता प्रभु मदप्पाले एक वयान दिएका छन् जसमा उनले भनेका छन्, मलाई शंका छ कि विवेकले मेरो छोरीसंग विवाह गर्न दवाव दिइरहेका थिए ।

 

उनका बुवाको भनाई छ, मेरी छोरी ठीक थिइन्। मैले भर्खरै उनलाई पैसा दिएको थिए। उनको सुनको गहना पनि हराइरहेको छ। महेशले प्रहरी आउनु अघि नै मेरो छोरी जहाँ मृ त फेला परेकी थिइन् त्यहाँवाट अन्यत्रै लगिएको थियो । छोरीको मोबाइल हराइरहेको छ। मोवाइल फेला परेपछि पनि वास्तविकताका बारेमा जानकारी हुनेछ ।

 

अर्कातिर, आफुलाई लगाइएको आरोपको प्रतिक्रिया दिँदै अभिनेता विवेकले भने, म पोस्टमार्टम रिपोर्टको प्रतिक्षामा छु। अब म केहि भन्दिन। म एक बर्ष भन्दा बढी देखि सौजन्यालाई चिन्छु। उनी मलाई भेट्थिन् जब उनी निरास हुन्थिन् म सहारा बनेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय