
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पनि चन्द्रशेखर आजाद जस्तै सु’साइड गर्नुपर्ने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् ।
अनेरास्ववियु (क्रा’न्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भारतका क्रा’न्तिकारी चन्द्रशेखर आजादले आ’त्मसमर्पण नगरेर आजाद रहने भन्दै सु’साइड गरेजस्तै अवस्था आफ्नो हकमा पनि आउने हो कि भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
‘हिजो जनयु’द्धमा घेरा हाल्ने र स’खाप पार्ने रणनीति थियो । घेरा तो’ड्ने र प्र’तिरोध गरेर प’रास्त गर्ने गर्यौँ । अहिले फेरि त्यही प्रवृत्ति दोहोरियो’, उनले भने, ‘अहिले फेरि ल’डाइँ गर्ने कि छाडिदिने ? यति रहेछ भनेर रोकिने ?’
प्रचण्डले आफूले आ’त्मसमर्पण गर्न नसक्ने भन्दै कि ल’ड्नुपर्ने कि सुसाइड गर्नुको विकल्प नभएको उल्लेख गरे । ‘भगत सिंहको फिल्ममा चन्द्रशेखरले ल’ड्दै गर्दा चारैतिर घेरा हालिएको हुन्छ । प्रतिक्रियावादीले मा’र्ने नै भए भनेर चन्द्रशेखरले माटो समातेर मैले यति नै सकेँ आमा भनेर आ’त्मह’त्या गरे । झण्डैझण्डै मेरो अगाडि त्यही अवस्था छ’, उनले भने, ‘मैले आ’त्मसमर्पण गर्न सक्दिनँ । यत्रो शहीद, बे’पत्ता परिवारको ऋण मेरो टाउकोमाथि छ । या त सक्दिनँ भनेर सु’साइड गर्नुपर्यो । सबै सु’साइड नकारात्मक हुँदैनन् है ! मार्क्सका छोरी-ज्वाइँले पनि सु’साइड गरेका थिए ।’
प्रचण्डले या सु’साइड रोज्नुपर्ने वा फेरि ल’ड्नुपर्ने विकल्प बाँकी रहेको बताए । ‘या त फेरि ल’ड्नुपर्छ । जोखिम उठाएर ल’ड्ने, जेल जानुपर्छ वा म’र्नुपर्छ भने पनि म’र्ने । तर, कुनै हालतमा प्रतिक्रियावादी शक्तिका अगाडि नझुक्ने भनेर हामीले सं’घर्ष गर्नुपर्छ’, उनले भने, ‘क्रा’न्ति गरेको नेता अवसरवादी भएर म’र्नुपर्यो भने पीडा हुन्छ ।’
क्रा’न्तिकारी चरि’त्रमा ह्रास
अध्यक्ष दाहालले माओवादीको क्रा’न्तिकारी च’रित्रमा विस्तारै ह्रास आएको पनि बताए । ‘क्रा’न्ति, परिवर्तन र उत्पादनका निम्ति क्रा’न्तिकारी भएर काम गर्ने कुरामा स्ख’लन भएको छ । विस्तारै थाहा नपाईकन अरू दल जस्तै उस्तैउस्तै हुँदै जाने ख’तरा बढेको छ । पद, पैसा, कमिसनको निम्ति, दलाल, कमिसनखोरका हितका निम्ति बढी संवेदनशील हुने र घाइते अ’पांग, बे’पत्ता परिवारलाई बिर्सिने प्रवृत्ति देखिएको छ’, उनले भने ।
जो जति माथि पुग्यो, त्यो त्यति अवरसरवादी देखिएको, जो जति धेरै मन्त्री बन्यो, त्यति नै अवसरवादी भएको भन्दै उनले आ’क्रोश पोखे । ‘जसलाई धेरै मन्त्री बनाए, त्यो पतन भयो । दलालसँग गयो, जनतासँग बिच्छेद भयो’, उनले भने, ‘हिजो पार्टीलाई सर्वश्व बुझाउने, सम्पत्ति बुझाउने, लड्न जान पाइएन भनेर रुने साथीहरू आज पद पाइनँ भनेर रुने, पैसा पाइनँ, मन्त्री पाइनँ भनेर रुने भयौँ । थाहै नपाईकन क्रा’न्तिकारी विरासत गुमाउँदै छौँ ।’
अध्यक्ष दाहालले अझै पनि पार्टीलाई क्रा’न्तिकारी रूपान्तरण गर्ने अवसर रहेको बताए । ‘कार्यकर्ता होइन, हामी नेता बिग्रेका छौँ । अब आफैँ सच्चिनुपर्छ भनेर हिँडेका छौँ । हामीले फेरि एक पटक समाजवादी क्रा’न्तिको ल’डाइँमा जाने निर्णय गरेका छौँ । त्यसमा कार्यकर्ताले मनन गर्नुपर्छ । समाजवादी रूपान्तरण हुनुपर्छ । यो पार्टीलाई रूपान्तरण गर्न संभव छ । माओवादीलाई सायद यो देशमा अन्तिम अवसर छ क्रा’न्तिकारी पार्टी बनाउन रूपान्तरण गर्ने’, उनले भने, ‘सामाजवादी क्रा’न्ति र रूपान्तरणका लागि मैले हामफालेँ । तपाईंहरू के गर्नुहहुन्छ ?’
११-१३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने र मौलिक बाटो, आन्दोलनको पहिचान झल्किने, विरासत झल्किने बाटो तय गर्ने उनको भनाइ थियो । अनेरास्वियुका नेतालाई पनि केन्द्रीय समितिमा लैजाने र केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवा पुर्याउने उनले सुनाए ।