latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, १० पुस

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेको म्याद आज साँझ ५ बजे सकिँदैछ । आयोगमार्फत आमनिर्वाचनको अन्तिम परिणाम प्राप्त गरेसँगै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नआएपछि नेपालको संविधानको धारा ७६ को उपधारा ९ (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न आह्वान भएको हो ।

सरकार गठनका लागि पाँच दलीय गठबन्धनले बहुमत पुर्‍याउन सक्छ । यद्यपि, सत्ता गठबन्धनमा प्रधानमन्त्री पहिले को बन्ने भन्ने विषयले सरकार गठनको प्रक्रिया नै अड्केको छ ।

सबैभन्दा ठूलो दल कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफै लिन पहल गरिरहेको छ भने, तेस्रो दल माओवादी केन्द्रले पहिलो दुई वर्ष सरकारको नेतृत्व आफूले पाउनुपर्ने अड्डी कसेको छ । तर, गठबन्धनमा सरकारको नेतृत्व कसले लिने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

शनिबार घनीभूत छलफलमा जुटेको गठबन्धनले कुनै निष्कर्ष निकाल्न सकेन । आइतबार बिहानैदेखि सरकार गठनका लागि सहमति जुटाउने गठबन्धनले प्रयत्न गरिरहेको छ । तर माओवादीको अडान र कांग्रेसको लचकतामा कमी नहुनुले सरकार गठनको विषय अन्योलमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय