latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

न्युज कारखाना
बाँके, १० पुस
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन दलको नेतृत्वमै नयाँ सरकार बन्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार कार्यकर्ता भेटघाट गर्न पुगेका महराले गठबन्धन नेतृत्व सरकार बन्ने बताएका हुन् ।

माओवादी प्रवक्ता समेत रहेका उनले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताए । ‘सरकार गठनका विषयमा आवश्यक छलफल चलिरहेको छ,’ उनले भने, ‘पार्टीले सबै दलसँग आवश्यक छलफल अगाडि बढाइसकेको छ, हाम्रो माग अनुसारको सरकार बनाउन हामीले काम गरिरहेका छौँ ।’

समाजवादी दलहरूको मञ्च निर्माणका लागि एमाले महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका नेताहरू, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह, धर्मेन्द्र बाँस्तोला लगायतले नेतृत्व गरेका पार्टीसँग समेत छलफल भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय