latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
लमजुङ, ९ पुस

लमजुङबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रिय सभाका सांसदहरूले लमजुङ राइनासटार सिंचाइ आयोजना उपभोक्ताको मागलाई सम्बोधन गर्न चम्पावती जलविद्युत आयोजनालाई आग्रह गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाका सांसदद्धय पृथ्वी सुब्बा गुरुङ, उर्मिला माझी, राष्ट्रिय सभा सदस्य दिपा गुरुङ, प्रदेशसभाका सांसद डा. टकराज गुरुङ, भेष वहादुर पौडेल, पार्वती तामाङ, टीका कुमारी बस्याल र यशोधा रिमालले उपभोक्ताको मागको सम्बोधन गर्न आग्रह गरेका हुन् ।

साथै, जनतालाई हतोत्साही नबनाउन र केही उपभोक्तालाई मुद्दा लगाइएको हुँदा यस्ता कार्य नगर्न र शीघ्र वार्तामा बसी सहज वातावरण बनाउन चम्पावती हाइड्रोपावरसँग आग्रह गरिएकाे छ । ३५ वर्षदेखि सन्चालनम रहेको राइनासटार सिंचाइ आयोजनाबाट राइनास नगरपालिका १ देखि ७ वडासम्मका तीन हजार पाँच सय घरपरिवारका १४ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।

राइनासटार सिंचाइ आयोजनाबाट १४ हजार जनताको ८५० हेक्टर जमिन सिंचित हुँदै आएको छ । आयोजनाको मुहानभन्दा दुई सय मिटर तल पावरहाउस बनाउँदा आयोजना प्रत्यक्ष प्रभावित हुने भन्दै डिजाइन परिवर्तन गर्न विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय