latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
बुधबार , साउन १३, २०८३

एजेन्सी
न्युयोर्क, ९ पुस
शीतकालीन आँधीका कारण लाखौँ अमेरिकी प्रभावित भएका छन् । शुक्रबार १५ लाखभन्दा बढी मानिस विद्युतविहीन हुनुका साथै हजारौं उडान रद्द भएका छन् ।
साउथ डकोटामा हिउँमा परेका केही अमेरिकीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगाहरू जलाएका विवरण सार्वजनिक भएका छन् ।

क्यानडामा, ओन्टारियो र क्युबेक आँधीको चपेटामा परेका थिए । ती क्षेत्रमा विजुली कटौती हुँदा सयौं हजार मानिस प्रभावित भएका थिए । वायुमण्डलीय चाप घट्दा उत्पन्न बम चक्रवातले अमेरिका–क्यानाडा सीमाका ग्रेट लेकहरूमा हिमपात जस्तो अवस्था ल्याएको थियो ।

विशाल आँधी टेक्सास देखि मेन सम्म २ हजार माइल फैलिएको राष्ट्रिय मौसम सेवाले जनाएको छ । एल्क पार्क, मोन्टानामा तापमान माइनस ४५ डिग्री सेल्सियमा झर्यो। पेन्सिलभेनिया र मिशिगनका क्षेत्रहरूमा भारी हिमपातको पूर्वानुमान गरिएको छ । बफेलो र न्युयोर्कमा कम्तीमा ३५ इन्च बाक्लो हिउ पर्ने अनुमान गरिएको छ ।

प्रशान्त उत्तरपश्चिममा केही बासिन्दाहरू सिएटल र पोर्टल्याण्डमा जमेको सडकहरूमा आइस–स्केटिंग गरेका देखिन्छन् ।
लुइसियाना, अलाबामा, फ्लोरिडा र जर्जिया जस्ता दक्षिणी राज्यहरू पनि प्रभावित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय