latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
आइतबार , साउन १७, २०८३

न्युज कारखाना
लमजुङ ९ पुस
लमजुङको दोर्दी गाउँपालिकाले वडाबाट योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाले गाउँसभाबाट विनयोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्वन्धित वडाबाट गर्न थालेको हो ।

विगतमा पालिकाभित्रका सम्पूर्ण योजना गाउँपालिकाबाटै सम्झौता तथा भुक्तानी हुँदैँ आएकोमा गाउँपालिकाले चालु आर्थिक वर्षबाट भने वडामा सञ्चालन हुने योजना वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वताए । गाउँपालिकाले वडा नंम्बर१ बाट योजना सम्झौताको सुरुवात गरेको छ ।

वडामा योजना सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र वडामै मिलाउनुपर्नेछ । योजना सम्झौताका लागि पालिकाका आवश्यक कर्मचारी सहित बैकका कर्मचारी समेत उपस्थित रहने गाउँपालिकाले जनाएको छ ।

वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने गाउँपालिका अध्यक्ष अधिकारीले वताए । उपभोक्ता समितिलाई अब योजना सम्झौताका लागि पालिका कार्यालय सम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ भने बैक खाता खोल्न बैंक जानुपर्ने झन्झटको पनि अन्य भएको छ ।

९ वडा रहेको दोर्दी गाउँपालिकामा हाल वडा नं। १ बाट सो कार्यको सुरुवात गरिएको हो । बाँकी वडामा क्रमशः सम्झौता गरिनेछ ।

योजना सम्झौता गर्न जाँदा कहिले कागजपत्र पूरा नहुने, कहिले योजनाका कर्मचारी फिल्डमा भएको बेला पुग्ने र कहिले बैंकमा खाता नखुल्ने भएका कारण धेरैपटक धाउनुपर्ने भएपछि नागरिकले दुख नपाउनु भनेर पालिकाको टिम वडामै गएर योजना सम्झौता थालिएको प्रशासकिय अधिकृत शमशेर गुरुङले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय