latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

काठमाडौं, ८ पुस ।  गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

हरेक पटक नयाँ र लोभलाग्दो स्थानमा पुगेर नयाँपन सहित म्यूजिक भिडियो ल्याउँदै आएका गायक गिरीले यसपटक जुम्ला नै पुगेर छायांकन गरेको भिडियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा जुम्लाको स्थानीय रहनसहन, भेषभुषा र एब प्रेमील जोडीको रमाइलो प्रेमको किस्सालाई कलात्मक शैलीमा देखाइएको छ । अमन निलसागर र गायक गिरीकै शब्द रहेको गीतको छायांकन बिबेक बिकले गरेका हुन् भने भिडियोको सुम्पादन मनोज कार्कीले गरेका हुन् ।

शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक समारोहमा बोल्दै सांसद शाहीले गायक गिरी र उनको टिमको प्रशंसा गरे । उनले जुम्ला भिडियोले नेपालको दुर दराजको सुन्दरताको  वर्णन गरेको बताए । त्यस्तै ढकालले आँफुले नजिकबाट निहालेको जुम्लालाई म्यूजिक भिडियोमा देख्न पाउँदा खुशी लागेको बताए । त्यस्तै सर सफाई अभियन्ता केपी खनालले जुम्ला गीत भित्र देश  र भेष भएको बताए । उनले भिडियोले नमुना गाउँ देखाउने जुम्ला टिमको खुलेर प्रशंसा गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय