latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
आइतबार , साउन १७, २०८३

न्युज कारखाना
खोटाङ, ८ पुस
जिल्ला विपद व्यवस्थापन समिति खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका आगलागीपीडितको राहत तथा क्षतीपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको विपद व्यवस्थापन समितिको बैठकले गत पुस ५ गतेको आगलागीबाट घर तथा धनसम्पत्ति गुमाएर विस्थापित भएका पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि संघ र प्रदेश सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई संयोजकत्वको विपद व्यवस्थापन समितिले गाउँपालिका अध्यक्ष संयोजकत्वको विपद व्यवस्थापन समितिबाट प्राप्त क्षतीको विवरणका आधारमा राहत तथा क्षतिपूर्ति माग गर्ने निर्णय गरेको हो ।

बैठकले आगलागी पीडितको सहयोगार्थ संकलन हुने राहत एकद्वार प्रणालीमार्फत संकलन र वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बाक्सिला बजारमा आगलागीमा पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय