latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कपिलवस्तु, १६ असोज-कपिलवस्तुको बाणगंगा नगरपालिका ७ लक्ष्मणघाट नजिकको कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा मोतीपुर घर भएका वर्ष ५५ को रुक्मांगत बेल्वासेका छोरा माधव बेल्वासे रहेका छन् ।

स्थानीयले कल्भर्टमूनि शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक बेल्वासेको शवको पोस्टमार्टमको लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

मृतक बेल्वासे भारतीय सेनाका अवकाश प्राप्त कर्मचारी समेत हुन् । उनको २ छोरा र १ छोरी रहेका छन् । मृतकले अत्याधिक मादक पदार्थ सेवन गर्ने भएकोले सोही कारणले मृत्यु भएको हुन सक्ने स्थानीय बताउँछन् ।घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।

प्रतिकृया दिनुहोस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय