
काठमाडौं : सर्लाहीको ईश्वरपुरकी एक युवतीले बाटोमा भे’टेको ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेकी छन्। ईश्वरपुर नगरपालिका-१२ घारीबथान घर भइ हाल लालबन्दी स्थित जनज्योति उच्च माविमा पढ्दै आएकी २० वर्षीया मनिषा वाइबाले बाटोमा भेटेको नगद ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिलाई नै फि’र्ता गरेकी हुन्।
इलाका प्रहरी कार्यालय लालबन्दीको रोहवरमा वाइबाले रकम धनी लालबन्दी नगरपालिका- ८ की रञ्जना कुमारी लोलाई भे’टेको ५० हजार रुपैयाँ फिर्ता गरेकी हुन्। वाइबाले सोमबार दिउँसो लालबन्दी-७ स्थित जानकी मावि नजिकै ५० हजार रुपैयाँ भेटेकी थिइन्। आफूले कम्प्यूटर कक्षाबाट फर्किदै गर्दा स’डकमा सो रकम भे’टेको वाइबाले बताइन्।
सडकमा रकम भेटिएको विषय उनले तुरुन्तै आफ्ना शिक्षकलाई जानकारी गराएकी थिइन्। पछि उक्त रकम इलाका प्रहरी कार्यालय लालबन्दीमा लगेर बुझाइएको थियो । आफूहरुले गरेको अनुसन्धानका क्रममा उक्त रकम लालबन्दी कै रञ्जना कुमारी लोको भएको पुष्टि भएपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
प्रहरीको रोहवरमा रञ्जना कुमारी लोका भाइ निराजन लोलाई मनिषाले रकम हस्तान्तरण गरेकी हुन्। ‘यो इमानदारीताको एउटा नमूना हो,’ प्रहरी निरीक्षक थापाले भने।