latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
काठमाडौं, ५ पुस

जोरपाटी–साँखु सडक निर्माण अलपत्र पार्ने निर्माण कम्पनीलाई तीन दिनभित्र सुरु गरेको काम ( थलीको कालोपत्रे) सक्न काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्देशन लिएको छ । अलपत्र अवस्थामा रहेको थली सडक खण्डमा केही दिनअघि कालोपत्रे गर्न सुरु गरे पनि एक लेन कालोपत्रे गरेर निर्माण व्यवसायी बज्रगुरु, बिरुवा, खानी जेभी बेपत्ता भएपछि आयोजनाले यस्तो निर्देशन दिएको हो ।

आयोजनाले मंगलबार जारी गरेको सूचनामा थली बजार क्षेत्रमा २९ मंसिरमा एक लेन कालोपत्रे गरेपछि अलपत्र छाडेको, आयोजना कार्यालयमा काम बन्द गर्नुको कारण पेश नगरेको र साइटमा धुलो उडेकोले गर्दा आयोजना कार्यालय, कागेश्वरी मनोहरा नगरपालिका एवं स्थानीयवासी पीडामा रहेको उल्लेख छ । निर्माण व्यवसायीले प्रतिबद्धता बमोजिम काम नगरी अलपत्र छाडेको कारण आयोजनाको बारेमा नकारात्मक प्रभाव परेको सूचनामा उल्लेख छ । यसकारण तीन दिनभित्र सो स्थानको बाँकी कालोपत्रे पुरा गर्न आयोजनाले निर्देशन दिएको छ ।

अन्यथा निर्माण कम्पनीको नाममा यस आयोजनामा रहेको बैंक ग्यारेन्टीहरू जफत गरी ठेक्का सम्झौता बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय