latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

इन्दिप कोइराला

बारा, ५ पुस । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडीसहित पक्राउ गरिएको हो ।

सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्जभित्रको पर्सा जिल्लामा पर्ने गडवालाइनबाट पक्राउ गरिएको बताइएको छ । चोरी शिकार गर्नेहरुका साथबाट मृत पोथी जरायो, भाले जरायोको सिंगसहित दुई लाख ९० हजार ६ सय ७० नेपाली रुपैयाँ, १ हजार २ सय भारतीय रुपैयाँ, एउटा ल्याण्डक्रुजर गाडी, एउटा बोलरो गाडी, १२ बोरको बन्दुक १ थान, १२ बोरको राउण्ड १ थान, २२ बोरको राउण्ड ९ थान, हतियार राख्ने झोला २ थान, नाइटभिजन क्यामेरा १ थान, टेलिसकोप १ थान, रबरको टेलिस्कोप १ थान, ब्याट्री कपार्टमेन्ट, टर्चलाइट र अन्य कागजपत्र बरामद गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएका काभ्रे जिल्ला स्थायी ठेगाना भएका ५७ वर्षीय दामोदर अधिकारी, बारा जिल्ला स्थायी ठेगाना भएका ४६ वर्षीय विशाल सहनी, ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज थारु र अर्का एकजना ५२ वर्षीय मालदोंग तामांग रहेका छन् ।

निकुञ्जका रेञ्जर विष्णु पौडेलले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का आधारमा कारबाही प्रक्रियाअघि बढाइने बताए । उनले अहिले अनुसन्धानकै क्रममा रहेकोले कसलाई कति सजाय हुन्छ भन्ने कुरा अनुसन्धानपछि निर्धारण हुने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय