latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
जुम्ला, ५ पुस

गृह मन्त्रालयले जुम्लामा कोबाेकलेक्ट मोबाइल एप्स विषयमा अभिमुखीकरण गरेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन शाखाले जुम्लाका स्थानीय तहमा कार्यरत प्राविधिकलाई यस्तो प्रशिक्षण दिएको हो ।

गत असोज महिनामा परेको अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठुलो क्षति पुर्याएकाे थियो । समयमै सूचना नपाउँदा उद्धार र राहतमा ढिलाइ भएकाे थियाे । आगामी दिनमा विपद्का वेला समयमै सूचना दिन सक्ने गरी घटनास्थलबाटै अपलोड फाेटाे, जानकारी दिन सकिने कोबाेकलेक्ट मोबाइल एप्स प्रयाेग बारे अभिमुखीकरण दिएको हो ।

मन्त्रालयका उपसचिव ध्रुवबहादुर खड्का, सूचना प्रविधि अधिकृत युवराज भण्डारीसहितको टोली जुम्ला पुगेर एप्सको बारेमा स्थानीय तहका प्राविधिक, जनप्रतिनिधि, विपद् शाखा र विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण दिएको हाे ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन शाखाका सूचना अधिकृत भण्डारी ६७ वटा जिल्लामा भर्चुअल रुपमा तालिम दिएकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय