latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

मोरङ, ५ पुस । मोरङको विराटनगर महानगरपालिकाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८७ मिलिग्रामसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका–२ बस्ने २१ वर्षीय मनिष लिम्बू र सोही ठाउँ बस्ने २४ वर्षीय सुरज गिरी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, बर्जु गाउँपालिका–६ स्थित नहरको डिलबाट अवैध लागूऔषध गाँजा करिब ४० किलोग्राम मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरीले बेबारिसे अवस्थामा रहेको प्रदेश १–०२–०४३ प ९९३४ नम्बरको मोटरसाइकल फेला पारी जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय