latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

इन्दिप कोइराला/न्युज कारखाना
बारा, ५ पुस

पूर्वपश्चिम राजमार्गको धन्सार पुल नजिक साेमबार ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । ट्रकसँग मोटरसाइकल ठोक्किएर निजगढ नगरपालिका-१ सिगौंलका भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको हो ।

उनले चलाएको ना३४प ८३३१ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना६ख २२६१ ट्रकमा ठोक्किदा ३५ वर्षीय तिमल्सिनाको दिउँसो १ः३० बजे घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

चन्द्रपुरबाट घरतर्फ फर्किने क्रममा तिमल्सिना सवार मोटरसाइकल धन्सार पुल नजिकै ट्रकमा ठोक्किएको थियो । प्रहरीले ट्रक चालक मोरङ्ग सुनवर्षी नगरपालिका-५ घर भएका ३५ वर्षका सन्जयकुमार मण्डललाई नियन्त्रणमा लिएको छ भने तिमल्सिनाको शव पोष्टमार्गमको लागि जिल्ला अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिनएको छ । तिमल्सिना स्थानीय समाजसेवीको रुपमा चिनिन्छन् ।

आइतबार राति पनि रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा सोही क्षेत्रमा मोटसाइकलमा सवार दुई जनाको ज्यान गएको थियो । मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका-३ सिम्रीका २६ वर्षीय भुवन पहरी र २७ वर्षीय रितबहादुर राई थिए ।

मोटरसाइकलमा सवार साेही गाउँका अर्का २४ वर्षीय सुशील माझी गम्भीर घाइते बनेका छन् । लोकमार्गको भमरा र धन्सार पुलबीचको जंगलमा पर्ने सिम्री जाने सडकभन्दा करिब दुई सय मिटर पर राति करिब ७ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय