latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
महोत्तरी, ५ पुस

महोत्तरीको बर्दिवासबाट मोटरसाइकल चोरी गर्ने गर्ने गिरोह पक्राउ परेको छ । मकवानपुरकाे बकैया बस्ने अमर भनिने तीर्थमान लामा र बारा सिमरा जितपुर बस्ने अमृत भनिने बुद्ध वाइवालाई सामेबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

औरही-बर्दिबास सडक खण्डको पसल अगाडि पार्किङ गरेर राखेको पल्सर बाइक हराएपछि खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाँडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

बर्दिबास क्षेत्रमा धेरै बाइक चोरी हुन थालेपछि प्रहरीले केही समयदेखि सक्रियता बढाउँदै आएको छ । पक्राउ परेका दुवैजनाबाट चोरीका बाइकको विषयमा थप रहस्य खुल्न सक्ने प्रहरीको अनुमान छ । अस्थायी रूपमा सर्लाहीको बागमती बस्ने दुवैजना अहिले प्रहरी हिरासतमा छन् ।

जिल्ला अदालत महोत्तरीवबा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियालाई तीव्र बनाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाबाट प्रहरीले बा५५प ७९२२ नम्वरको बाइकसमेत बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय