latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
बाँके, ५ पुस

स्वादको लागि भए पनि सिँघाडा खानेहरु धेरै छन् । पानीमा उब्जेको सिँघाडाले मिठो स्वादको साथै शरीरलाई पनि निकै फाइदा दिन्छ । सिँघाडा कसैले स्वादका लागि खाने गर्छन् त, कसैले स्वास्थ्यका लागि । जसरी खाए पनि सिँघाडा फाइदाजनक छ ।

यसमा भिटामिन ए, भिटामिन सी, म्यांगनिज, फाइबर, फस्फोरस, आयोडिन, म्याग्नेसियम आदि पर्याप्त मात्रामा पाइन्छ। पानीको सतहमा भएको पातमा उब्जने सिँघाडा चिसो मौसममा फल्छ । केही समुदायले यसलाई उपवासको समयमा पीठोको रूपमा प्रयोग गर्छन्। मानिसहरु यसको हलवा र पुरी उत्साहका साथ खान्छन् । यसको सेवनले स्वास्थ्यमा धेरै फाइदा दिने मानिसहरू बताउँछन् । यसबारेमा मानिसहरूलाई कमै थाहा छ ।

१. सिँघाडा पानीमा उब्जन्छ, त्यसैले यसलाई पानीको फल पनि भनिन्छ । यसमा पाइने पोषक तत्व शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसको तरकारी पनि निकै फाइदाजनक हुन्छ । यसको सेवनले प्रजनन क्षमता राम्रो हुन्छ, हार्मोन पनि सन्तुलन हुन्छन् ।

२. लो ब्लड प्रेसर रोगीलाई पनि सिँघाडाले औषधि जस्तै काम गर्छ । यसमा पाइने सोडियमले रक्तचापलाई नियन्त्रणमा राख्न ठूलो भूमिका खेल्छ । छिटो ऊर्जाका लागि पनि सिँघाडालाई निकै राम्रो मानिन्छ । मुटु रोगमा पनि यो लाभदायक हुन्छ ।

३. छालाका लागि सिँघाडाको पातलाई धेरै राम्रो मानिन्छ । यसको प्रयोगले छालाको चाउरी, दाग, दाद, खुज्ली र पिम्पल पनि हट्छ । यसमा पाइने पौष्टिक तत्वले अनुहारलाई सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

४. पाइल्सका बिरामीलाई समेत सिँघाडाले फाइदा दिन्छ । अत्यधिक तीतो र तेलयुक्त मसला खाँदा आन्द्रामा समस्या भएकालाई यसको सेवनले छुटकारा मिल्छ ।

५. सिँघाडालाई कागती हालेर खाँदा ग्यास, कब्जियत, अपचबाट आराम मिल्छ । तपाईंले यसलाई आहारमा समावेश गर्नुपर्छ । यसबाट छिट्टै राहत मिल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय