latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

लसएन्जल्स, ५ पुस । अमेरिकी फिल्म निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ । एक दशकअघि हार्वेमाथि एक महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।

ती महिलाका वकिलले हलिउडका पावर प्लेयर अर्थात् हार्वेले युवा अभिनेत्रीहरूलाई कैयौं पटक यौन शोषण गरेको आरोप लगाएका थिए । यी सबै आरोपको पाँच वर्षपछि गत सोमबार अदालतले लसएञ्जल्समा उनलाई दोषी ठहराएको हो ।

दुई साता लामो बहसपछि आठ पुरुष र चार महिलाको जुरीले आफ्नो समयको लोकप्रिय ७० वर्षे निर्मातालाई उनको अपराधमा दोषी ठहराएको हो । हार्वेले यसअघि पनि एक मामलामा दुई वर्षको जेल सजाय बिताइसकेका छन् । हार्वेका वकिलले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

‘हार्वे अब कहिल्यै पनि अन्य महिलालाई दुष्कर्म गर्न पाउने छैनन् । उसले अब बाँकी जीवन जेलभित्रै बिताउनुपर्नेछ । जहाँ उनी अहिले छन् । यो मुद्दाका दौरान हार्वेका वकिलले हामीलाई धम्क्याउनेदेखि अनेक रणनीति अपनाए’, पीडित महिलाका वकिलले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय