latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

न्युज कारखाना
खोटाङ, ५ मंसिर

खोटाङमा डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरिएको छ । हालसम्म किट बक्सबाट माटो परीक्षण गर्दैआएको कृषि ज्ञान केन्द्रले नवौं विश्व माटो दिवसको अवसरमा गत १७ मंसिरदेखि डिजिटल स्वाइल ल्यावबाट माटोको उर्वराशक्ति परीक्षण सुरु गरेको हो ।

किट बक्स विधिबाट रंगको आधारमा माटोमा भएको नाइट्रोजन, फस्फोरस, पोटास र पिएचको मात्रा मात्र जाँच गर्नेगरिएकामा डिजिटल स्वाइल ल्यावबाट नाइट्रोजन, फस्फोरस, पोटास, पिएचदेखि अर्गानिक कार्वन, जिंक, सल्फर, आइरन, कपर, म्याग्नेस र वोरनको मात्रा पनि पत्ता लाग्ने कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जय पण्डितले बताए ।
कृषि ज्ञान केन्द्रले हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाभित्रका किसानले ल्याएका माटोको नमुना परीक्षण गरिरहेको छ । डिजिटल स्वाइल टेस्टिङ मिनिल्याव ल्याएपछि ल्यावमार्फत माटोको उर्वराशक्ति परीक्षणको सेवा सुरु गरिएको हो । डिजिटल स्वाइल ल्यावबाट माटो परीक्षणका लागि सुनसरीको झुम्का पुग्नुपर्ने बाध्यता थियो ।

शिविर सञ्चालन गरेर किट बक्सबाट परीक्षण गर्दा रंगको आधारमा कम, मध्यम र अधिकमा माटोको वर्गीकरण गर्ने गरिएकामा डिजिटल स्वाइल ल्यावबाट भने अंकमै उर्वराशक्तीको मात्रा थाहा हुने कृषि प्रशार अधिकृत पण्डितले बताए । डिजिटल स्वाइल ल्यावबाट माटो परीक्षण गरेपछि माटोमा हाल्नुपर्ने मलखादको मात्राका बारेमा समेत थाहा हुने ज्ञान केन्द्रले जनाएको छ ।

माटोको उर्वराशक्ति परीक्षणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अधिकांश माटोमा अम्लीयपन र क्षारियपनका मात्रा अधिक देखिएको छ । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमूना भने नभेटिएको कृषि प्रशार अधिकृत पण्डितले बताए ।

माटोको परीक्षणपछि माटोको उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको मल प्रयोग गर्ने र सोही किसिमको खाद्यबाली लगाउने टुंगो गरिन्छ । तर माटो परीक्षण गर्ने र उपचार गरेर खेतीपाती गर्ने प्रचलन भने अझै व्यापक बन्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय