latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
शनिबार , साउन १६, २०८३

काठमाडौं, ४ पुस । गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा फजीकरण विभागले दलित थर परिवर्तन गरी दलित जातिभित्रको थर कायम गर्न निवेदन परेमा सोहीअनुसार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

देशभरका ६ हजार ७४३ वडा कार्यालयलाई पत्राचार गर्दै विभागले राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएकमा सम्बन्धित् दलित जातीभित्रको थरहरु मध्येबाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयलाई जानकारी दिँदै देशभरका सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालयलाई बोधार्थ÷कार्यार्थमा राख्दै विभागले दिइएको तीन बुँदे निर्देशन दिएको हो ।

निर्देशनसहितको पत्र

विषय : दलित थर परिवर्तन गर्ने सम्बन्धमा

श्री स्थानीय पञ्जिकाधिकारी सबै (६७४३ वडा)

प्रस्तुत विषयमा दलित नागरिकहरुको थर परिवर्तनको विषयमा विभिन्न पालिका तथा वडा कार्यालयहरुबाट स्पष्ट पारिदिन अनुरोध भई आएकोमा सो सम्बन्धमा देहाय बमोजिम गर्नु गराउनु हुन् यस विभागको मिति २०७९/०९/०३ गतेको निर्णयानुसार अनुरोध छ ।
निम्न :

१. १६ वर्षभन्दा मुनिका दलित बालबालिकाको दलित जातीय थर प्रयोग गरी जन्म दर्ता भएकोमा सो परिवर्तन गरिदिन सूचक वस्न योग्य सम्बन्धित व्यक्तिवाट निवेदन प्राप्त भएमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलित जातीय अनुसूची विवरणमा उल्लेख भएमा सम्बन्धित दलित जातीभित्रको थरहरु मध्येवाट निवेदकले चाहेको थर राखी जन्म दर्तामा थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने ।

२. उल्लिखित अनुसारका बालबालिकाको थर परिवर्तनका साथै निजको बुवा, आमा वा सूचकको पनि थर परिवर्तन गरिदिन निवेदन प्राप्त भएमा बुवा, आमा वा सूचकको नागरिकता प्रमाणपत्रमा थर संशोधन भएको प्रमाण राखेर मात्रै थर परिवर्तन गरिदिने ।

३. १६ वर्षभन्दा माथीका व्यक्तिको घटना दर्ता प्रमाणपत्रमा थर परिवर्तन गरिदिन आधिकारीक व्यक्तिबाट निवेदन प्राप्त भएमा नागरिकता प्रमाणपत्रमा संशोधन भएको थर अनुसार थर परिवर्तन गरी प्रतिलिपि जारी गर्ने ।

समीर भण्डारी (शाखा अधिकृत)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय